उच्चस्तरीय सुरक्षाकर्मी टोली बोकेको भारतीय वायुसेनाको विमान भैरहवामा

उच्चस्तरीय सुरक्षाकर्मी टोली बोकेको भारतीय वायुसेनाको विमान भैरहवामा

  • बुधबार, बैशाख २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

२८ बैशाख, काठमाडौं । भारतीय वायुसेवाको विमान बुधबार भैरहवा विमानस्थलमा आएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायुसेवाको विमान भैरहवा आएको हो ।

आगामी जेठ २ गते २५६३ औं बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी दर्शनका लागि आउने भएकाले भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली लिएर सैनिक विमान भैरहवा आएको हो ।

३० जनाको सुरक्षा टोलीले जेठ २ गते लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती विशेष समारोह स्थलको सुरक्षा ब्यवस्थाको अवलोकन तथा अध्ययन गर्ने र जेठ ३ गतेसम्म लुम्बिनीमै बस्ने बुझिएको छ ।

विमान भने सुरक्षा टोलीलाई अवतरण गराएर भारत फर्किएको छ ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एकदिने भ्रमणका लागि जेठ २ मा हेलिकोप्टरबाट सिधै लुम्बिनी जाने भएका छन् ।
मोदी दिल्लीबाट विमानमा लुम्बिनीको पारिपट्टि उत्तर प्रदेशको कुशीनगरसम्म विमानमा आउने र त्यहाँबाट हेलिकोप्टर चढेर लुम्बिनी आइपुग्ने तयारी छ ।

भैरहवाको हवाई रुट ‘ब्राभो ३४५’ लाई दुईतर्फी बनाउने नेपालको प्रयासलाई भारतीय अधिकारीले नरोकेको भए सम्भवतः उनी विमानबाट सोझै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने थिए ।

भर्खरै निर्माण सम्पन्न भएको लुम्बिनी छेवैको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ देखि नै कुवेतको जजिरा एयरवेजले व्यावसायिक उडान गर्दै छ । उक्त विमानस्थलमा परीक्षण उडान भइसकेको छ । मोदी हेलिकोप्टरमा आउने भएपछि लुम्बिनीमा चारवटा हेलिप्याड बनाइँदै छ । ब्राभो ३४५ मा उडान दुईतर्फी बनाउन भारतीय अधिकारी नै तयार नभएको पृष्ठभूमिमा मोदीलाई सोझै विमानबाट भैरहवा उत्रन नैतिक रूपमा अप्ठेरो परेकाले हेलिकोप्टरमा आउन लागेको हुन सक्ने प्राधिकरणका एक अधिकारीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ