काठमाडौं, २८ वैशाख । इन्जिन फेल भएपछि काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि पुनः काठमाडौंमा सुरक्षित अतवरण गराइएको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाको देव्रेपट्टीको इन्जिन फेल भएपछि पुनः काठमाडौं सुरक्षित अवतरण गराइएको जानकारी दिए। विमानको ‘बायाँ इन्जिन’मा समस्या आएपछि काठमाडौंबाट २५ नटिकल माइल उडिसकेको श्रीको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको हो ।
धनगढीका लागि उडेको जहाजको लेफ्ट इन्जिन फेल भएपछि मध्यान्ह १२ः८ बजेतिर त्रिभुवन विमानस्थलमा सुरक्षित अवरण गराइएको हो उनले बताए । जहाजका सबै यात्रु सकुशल छन्।
जहाजमा ८० यात्रु रहेको र सबै सकुशल रहेको पनि एयरलाइन्सले जानकारी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline