स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंबाट घर फर्कनेको संख्या बढ्यो

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंबाट घर फर्कनेको संख्या बढ्यो

  • बुधबार, बैशाख २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

२८ बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा भोट हाल्न काठमाडौंबाट जिल्ला फर्कने क्रम बढेको छ ।

मतदाता नामावली जिल्लामा रहेकाले मताधिकार प्रयोगका लागि उपत्यका छोड्नेको संख्या बढेको हो । अहिले दैनिक काठमाडौं आउनेभन्दा बाहिरिने बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । औसतमा दैनिक १० देखि १५ हजार मानिसले उपत्यका छाडिरहेका छन् । अझै आजदेखि यो संख्या बढ्ने अनुमान गरिएको छ ।

उपत्यकाबाट निजी र रिजर्भ बाहेक ८ हजार बढी सवारी साधन बाहिरिएका छन् । आज बुधबार पनि बिहानदेखि काठमाडौंका नाका भएर घर फर्कनेहरुको भिड लागेको ट्राफिक प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ