सिटौला र उपाध्यायलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

सिटौला र उपाध्यायलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

  • सोमवार, बैशाख २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, २६ वैशाख ।  नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङमयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने अमर प्राज्ञ अमेरिकाका प्रा.मोहन सिटौलालाई समर्पण गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथ यस पुरस्कारको राशि दुई लाख रूपियाँ रहेको छ ।

यसैगरी नइ प्रकाशनले समालोचना, कविता, निबन्ध, नाटक, अनुवादआदि सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनुहुने भारत असमका श्री छविलाल उपाध्यायलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथ यस पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

यी दुवै पुरस्कार अन्तरार्ष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये एक जना विशिष्ठ नेपालीगोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष समर्पण गरिदैँ आएको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी