सर्लाहीमा उम्मेदवारलाई मिठाईमा विष मिलाएर खुवाएको आरोपमा प्रदर्शन

सर्लाहीमा उम्मेदवारलाई मिठाईमा विष मिलाएर खुवाएको आरोपमा प्रदर्शन

  • सोमवार, बैशाख २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

२५ बैशाख, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका माओवादी केन्द्रका वडाध्यक्ष सहितका उम्मेदवारलाई विष मिलाएर मिठाई खुवाएको आरोपमा हरिवन बजार तनावग्रस्त भएको छ ।

आइतबार दिउँसो घरदैलो क्रममा वडाध्यक्षका उम्मेदवार शेख इस्तिहारसहितका उम्मेदवारलाई विपक्षी कार्यकर्ताले विष शेवन गराइएको आक्षेप माओवादी केन्द्र हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले लगाउनुभएको छ ।

वडा अध्यक्ष इस्तिहारको अवस्था गम्भीर रहेको बताइएको छ । उहाँलाई उपचारका लागि हरिवनस्थित स्वाभिमान अस्पताल हरिवनमा सामान्य उपचारपछि वीरगन्ज रेफर गरिएको छ । अन्य घाइतेको हरिवनमै उपचार चलिरहेको छ । अहिले माओवादीका कार्यकर्ताले प्रदर्शन गर्दा सर्लाहीको हरिवन बजार तनावग्रस्त छ ।

माओवादी कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्गमा अवरोध गर्दा हजारौं सवारी साधन र यात्रु प्रभावित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ