आज दिउँसो राती मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

आज दिउँसो राती मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

  • सोमवार, बैशाख २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

२६ बैशाख, काठमाडौं। नेपालमा स्थानीय वायु र भारतको बिहार पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आज दिउँसो र राती मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

आज बिहान हाल मधेस प्रदेश, बागमती प्रदेश र सूदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य पहाडी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाउको छ।

सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने भएकोछ। साथै प्रदेश-१, बागमती प्रदेश ,गण्डकी र बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार राती भने देशका पहाडी भू -भागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ । बाँकी भू- भागमा भने मौसम सफा रहनेछ।

साथै कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ