कवि कृसु क्षेत्री व्यथित वनिताश्री सम्मानबाट सम्मानित

कवि कृसु क्षेत्री व्यथित वनिताश्री सम्मानबाट सम्मानित

  • आइतवार, बैशाख २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ, २५ वैशाख  ।
साहित्यका विविध विधामा सशक्तरूपमा कलम चलाई विशेषतः काव्यजगत्मा विलयन कविताको माध्यमबाट नयाँ तरङ्ग ल्याउन सफल क्षमतावान् सुन्दर शब्द शिल्पी कवि कृसु क्षेत्रीलाई व्यथित काव्य वनिताश्री सम्मान–२०७८ बाट सम्मानित गरिएको छ ।

आज एक विशेष समारोहमा वनिता त्रैमासिककी सम्पादक तथा प्रकाशक लक्ष्मी उप्रेतीले क्षेत्रीलाई सम्मान गर्नुभयो । सो अवसरमा उप्रेतीले कवि क्षेत्री साहित्यका अतिरिक्त कूटनीतिमा पनि अत्यन्त चर्चित रहेकाले यो सम्मानबाट पुरस्कृत व्यक्तित्वमात्र नभई पुरस्कार दिने संस्था पनि सम्मानित भएको बताउनुभयो ।

झापामा जन्मेका कवि क्षेत्री कविताका अतिरिक्त गीत, गजल, मुक्तकमा सिद्धहस्त रहेको र सम्पादनमा समेत प्रसिद्ध भएको उनका मित्र तथा विलयन लेखनका अर्का प्रवर्तक मनोज न्यौपानेले जानकारी दिनुभयो । विलयन लेखनकै अर्का सहयात्री चेतनाथ धमलाले कवि क्षेत्रीको ‘चराको गीत’ अत्यन्त लोकप्रिय कविता सङ्ग्रह रहेको र उक्त सङ्ग्रह नेपालका विश्वविद्यालयहरूमा पाठ्यक्रममा समेत परेको जानकारी दिनुभयो ।

कृसु क्षेत्रीले हालै सम्पादन गरेको ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक बृहत् ग्रन्थसमेत त्रिभुवन विश्वविद्यालयको एम फीलको पाठ्यक्रममा परेको धमलाले बताउनुभयो ।

व्यथित काव्य वनिता पुरस्कारबाट विगतमा डा. विष्णु विभु घिमिरे, विश्वविमोहन श्रेष्ठ, भारती गौतम, उषा शेरचन, सुलोचना मानन्धर, नवराज सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, अनिल पौडेल आदि सम्मानित भइसक्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी