चुनावी घरदैलोमा स्थानीयले दिएको सगुन खाँदा उम्मेदवार विरामी परेपछि प्रहरीले भन्यो- अपरिचित व्यक्तिले दिएको नखानू

चुनावी घरदैलोमा स्थानीयले दिएको सगुन खाँदा उम्मेदवार विरामी परेपछि प्रहरीले भन्यो- अपरिचित व्यक्तिले दिएको नखानू

  • आइतवार, बैशाख २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौँ, २५ वैशाख । अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान नेपाल प्रहरीले अनुरोध गरेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत घरदैलोमा गएका उम्मेदवार स्थानीयले दिएको सगुन खाएर विरामी परेपछि नेपाल प्रहरीले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरीले त्यस्ता व्यक्तिले दिएको प्रसाद नखान अनुरोध गरेको छ ।

प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले आइतबार सूचना जारी गरेर विभिन्न दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन सेवन गर्दा कोही बेहोस हुने र कोही चक्कर लागेर लड्नेजस्ता घटनाहरु घटेको पाइएकाले निर्वाचनजस्तो संवेदनशील समयमा यस्ता घटनाबाट सुरक्षित रहन अनुरोध गरेका छन्।

प्रहरीले निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना प्राप्त भएमा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–११ का उम्मेदवार शेष इस्तिहारसहित तीनजना घरदैलो गर्ने क्रममा सगुन खाँदा बिरामी परेपछि प्रहरीले सूचना जारी गरेर सतर्क रहन भनेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ