काठमाडौँ, २५ वैशाख । त्रिमूर्ति निकेतनले २०७८ सालको ‘लेखनाथ काव्य पुरस्कार’ छन्दकवि तथा महाकाव्यकार श्री गोविन्दराज विनोदीलाई समर्पण गर्ने निर्णय गरेको छ । यसैगरी यस वर्षको ‘बालकृष्ण सम पुरस्कार’ नाटक तथा चलचित्रकी जनप्रिय अभिनेत्री श्रीमती मिथिला शर्मालाई समर्पण गर्ने निर्णय गरेको छ ।
‘देवकोटा काव्य पुरस्कार’ आधुनिक कवि शैलेन्द्र साकारलाई समर्पण गर्नेबारे निकेतनको पूर्व बैठकबाट निर्णय भैसकेको छ ।
ताम्रपत्रका साथ यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेका छन् ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको सभाले सो निर्णय गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline