ओखलढुङ्गा, बैशाख २३ ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ५ स्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटनाट हुदा १ जनाको मृत्यु भएको छ ।
आज दिउसो साढे १ बजे ओखलढुङ्गाको ठाडेबाट सदरमुकाम आउदै गरेको ग. १ त ३१२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खसि दुर्घटना हुदा घाईते भएका ट्याक्टर चालक सिद्धिचरण नगरपालिका ७ बिगुटारका २२ बर्षीय प्रेम लाक्पा शेर्पाको मिसन अस्पताल ओखढुङगामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline