मोरङमा मेयरका उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी

मोरङमा मेयरका उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी

  • शुक्रबार, बैशाख २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

वैशाख २३, विराटनगर । मोरङको बेलबारी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । बेलबारी २ लालभित्तिस्थित आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको वा १२ च ९३८४ नम्बरको कारमा बिहीबार राति आगजनी भएको प्रहरीले जनाएको छ ।

तत्काल आगो नियन्त्रण हुँदा गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

गौतमको घरको सिसिटिभीको फुटेजका आधारमा राति १ बजेर ४० मिनेटमा सुभाष पाण्डेले गाडीमा पेट्रोल छर्केर आगजनी गरेको देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताएको छ ।

बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाको अनुसार रातिको समय भएकाले सिसी टिभीको फुटेज प्रष्ट छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ