जन्ती बोकेको जिप गोरखाको फिरफिरे भिरबाट खस्यो, तीन जनाको मृत्यु

जन्ती बोकेको जिप गोरखाको फिरफिरे भिरबाट खस्यो, तीन जनाको मृत्यु

  • सोमवार, बैशाख १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES
file photo

वैशाख १९, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेस्थित फिरफिरे भिरबाट स्कारपियो जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।
चितवनबाट जन्ती आएको बा १४ च ७८१ नम्बरको गाडी फिरफिरे भिरबाट झन्डै दुई सय मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख (एसपी) केदार खनालका अनुसार पार्किङ गरेर राखेको अवस्थामा गाडी गुडेर दुर्घटना भएको हो । तीन जनाको घटनास्थलमा मृत्यु भए पनि सनाखत नभएको उनले बताए ।

अहिले जिल्ला प्रहरी कार्यालय गोरखाबाट डीएसपी लीलाराज लामिछानेसहितको थप प्रहरी टोली घटनास्थल पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ