मिथिला  एमालेमा भाँडभैलो, रघुबीर महासेठमाथि कालोमोसो दल्ने प्रयास

मिथिला  एमालेमा भाँडभैलो, रघुबीर महासेठमाथि कालोमोसो दल्ने प्रयास

  • आइतवार, बैशाख १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

बैशाख १८ जनकपुर । नेकपा एमालेको प्रदेश दुई अन्तर्गत धनुषाको मिथिला नगरपालिका भित्रको विवाद तीव्र बनेको छ । लालगढमा रहेको पुकार होटलमा निर्वाचन समितिको बैठक बसिरहेका बेला अचानक केन्द्रीय सचिव रघुबीर महासेठ प्रवेश गरेपछि असन्तुष्ट कार्यकर्ताहरुले होहल्ला गर्दै कालोमोसो दल्ने प्रयास गरेका छन् ।

दुबै पक्षका कार्यकर्ताबीच हात हालाहालनै शुरु भएपछि समितिको बैठक नै रोकिएको छ । निवर्तमान मेयर हरिनायण महतो पक्षका कार्यकर्ताहरुले महासेठ बिरुद्ध हुलहुज्जत गरेपछि विवादले उग्ररुप लिएको थियो ।

महासेठकले टिकटमा चलखेल गरेको भन्दै कार्यकर्ताहरु आक्रोशित बनेका थिए ।

एमाले नगर कमिटी, प्रदेश क्षेत्रले प्रमुख पदको उम्मेदवारका लागि हरिनारायणको एकल सिफारिस गरेको थियो। तर हरिनारायणलाई पाखा लगाएर मनोनयन दर्ताको अन्तिम दिन टिकट राजाराम महतोलाई दिएको थियो।

हरिनारायणले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। पछि केपी शर्मा ओलीले व्यवस्थापन गर्ने आश्वासन दिएपछि उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका थिए।

चुनावको तयारीका लागि रामकुमार महतोको संयोजकत्वमा एमालेले मिथिला नगरपालिकामा ५०१ सदस्यीय चुनाव परिचालन मूल समिति गठन गरिसकेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ