एमाले अध्यक्ष केपी ओली नाचेको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

एमाले अध्यक्ष केपी ओली नाचेको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

  • आइतवार, बैशाख १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नाचेको भिडियो सार्वजनिक भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमालेको नयाँ चुनावी प्रचार गीत सार्वजनिक गरिएको हो । जसमा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छमछमी नाच्नु भएको छ ।
रामप्रसाद अवस्थीको शब्द र संगीतमा तयार पारिएको उक्त गीत अवस्थी र पूर्णकला बिसीले गाउनु भएको हो । गीतमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा भएका महत्पूर्ण कार्यहरुको बारेमा चर्चा गरिएको छ । “परमादेशको गठबन्धन फालौं यसपालि त सूर्यमै भोट हालौं” जस्ता शब्दहरु पनि सो गीतमा रहेका छन् ।
अवस्थी नेकपा एमाले निकट कलाकारहरूको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ । ‘सूर्यमै भोट हालौं’ बोलको गीतका एरेन्जर विनोद बाजुरेली हुनुहुन्छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले मतदाता तान्न धमाधम भिडियोसहितका गीत पनि निकाल्न थालेका छन् । २०७४ सालमा सम्पन्न अघिल्लो स्थानीय तह निर्वाचनमा पनि एमाले ले सही पनि एमाले मै पनि एमाले बोलको गीत ल्याएको थियो । बद्री पंगेनी र प्रिया भण्डारीले गाउनु भएको सो गीत एमालेको पक्षमा जनलहर ल्याउन सफल भएको थियो ।
यही बैशाख ३० गते देशभर स्थानिय तहको निर्वाचन हुँदैछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ