बैशाख १५ काठमाण्डौँ । काठमाण्डौँमा अहिले चर्चित पात्रको रुपमा उदायकी पूर्व मिस नेवा: सुनिता डंगोलले एका एक काठमाण्डौँ महानगरपालिकामा मेयरको स्वतन्त्र उम्मेद्धारी घोषणा गरेर चर्चामा आईन् । मिस नेवा हुँदै विभिन्न सञ्चार माध्यममा समेत काम गरेकी र विभिन्न उद्घोषणमा सक्रिय रहने डंगोलले त्यसरी स्वतन्त्र उम्मेद्धारी घोषणा गर्दा एउटा रहरको रुपमा बुझ्दै थिए मतदाताले । मिस नेवाः २०११ की विजेता डंगोल रैथाने नेवार समुदायबाट प्रतिनिधित्व गर्छिन। उनी संचारकर्मी, कुशल उदघोषक तथा आरजे–भिजे पनि हुन ।
विस्तारै उनले मेयरको घोषणा गरेर उपमेयरमा हात पार्ने चाल थियो कि भन्ने आशंका एमाले भित्रकै कार्यकर्ताहरुलाई लागेको छ । एमाले काठमाण्डौँ महानगर समितिका एक सदस्यले पार्टीमा कुनै योगदान नभएको व्यक्तिलाई चर्चाकै भरमा टिकट दिनु गलत भएको गुनासो सुनाए ।
डंगोलले आधिकारीक रुपमा एमालेको सदस्यता नलिए पनि उनलाई पाँच वर्ष अघि एमालेकै सदासयतामा सजिलो जागिर खुवाईएको भने पाईएको छ । काठमाण्डौँ महानगरपालिका अन्तर्गत शहरी योजना आयोगको सहायक विज्ञका रुपमा उनलाई छैटौँ तहको अधिकृत स्तरको जागिरमा उनलाई नियुक्ति दिएका थिए मेयर विद्या सुन्दर शाक्यले । मिर्मिरेले प्रतिकृया माग्दा उनले अरुले महिनाको ८० हजार तलब खाने गरेको भनेर भ्रम फैलाएको भन्दै आफूले छैटौ तहको सरकारी कर्मचारीले पाउने जति मात्रै पारिश्रमिक पाएको बताईन् ।
तर पनि कर्मचारी स्रोतले स्नातक मात्रै पढेको मान्छेलाई विज्ञ जस्तो उपाधी दिएर जागिर खुवाउने काम मात्र गरेको भन्दै यस्ता नियुक्ति खाने मान्छेहरुबाट परिणाम भने खासै नआउने गरेको बतायो ।
सुनिता डंगोलको काम के हो कसो हो , हामीलाई केही थाहा छैन, कसैले मिडिया हेर्ने भन्थे, कसैले सामाजिक विज्ञ भन्थे , उही त हो , एक कर्मचारीले भने ।
यसबिषयमा जानकारी माग्दा महानगरका सूचना अधिकारी बसन्त आचार्यले आफुलाई केहि जानकारी नभएको बताए । उनले सुनिताको नियुक्ति, काम लगायतबारे सम्पूर्ण जानकारी आयोजनाका उपाध्यक्ष सरोज बस्नेतलाई सोध्नुपर्ने जवाफ दिए ।
मिर्मिरे अनलाईनले उपाध्यक्ष बस्नेतलाई सम्पर्क गर्दा उनी उपलब्ध भएनन् । उपाध्यक्ष बस्नेत कार्यालय समेत आउन छाडेको श्रोतले बतायो । उनी सम्भवत अब कार्यालय आउदैनन् होला, एक कर्मचारी भन्छन् ।उक्त आयोजनाको अध्यक्ष भने महानगरका मेयर बिद्यासुन्दर शाक्यि नै हुन् । आयोजनाको अध्यक्ष्ँ मेयर हुने प्रवाधान छ ।
आयोजनाको कार्यलय थापाथलीमा पुग्दा बिहिवार आयोजनाकी कर्मचारी कुमारी राई मात्रै भेटिईन् । राईलाई डंगोलको बारेमा जानकारी माग्दा आफु केहि समय अघि मात्रै आयोजनामा सरुवा भएर आएकोले जानकारी नभएको बताईन् । उनले सबै सूचना महानगरका सूचना अधिकारी आचार्य मार्फत नै लिनुपर्ने बताईन् ।
जे भए पनि न लोकसेवा वा कुनै आयोग पास गर्न नपर्ने, सजिलै खान पाईने जागिर भनेको यस्तै उस्तै रहेछ, मेयर शाक्यले सुनितालाई सदासयताकै भरमा जागिर खुवाएका हुन्, विज्ञ नै नियुक्ति गर्दा कुनै पनि विषयमा अनुसन्धान गरेको, कम्तीमा स्नातकोत्तर गरेको हुनु पर्ने हो तर त्यो क्राईटेरिया देखिएन , यो एक किसिमको अनियमिमता नै हो, ती कर्मचारीले भने ।
उनले करीब ४ वर्षजति त्यो जागिर खाएपछि ७७ साल फागुनमा छाडेर विभिन्न गैरसरकारी संस्था मिलेर अघि बढाएको एक परियोजनामा म्यानेजरको जागिर खादैँ थिईन् । जुन जागिरमा उनलाई मासिक एक लाख बढी तलब आउदै थियो । तर जनप्रतिनिधि हुनकै लागि उनले त्यसबाट राजीनामा दिएको बताईन् ।
अहिले उनी मेयरका उम्मेद्धार केशब स्थापितसँगै मत माग्न घरदैलो र प्रचार प्रसारमा व्यस्त रहेकी छन् । राम्रा कुरा उठाँउने गरेपनि जागिर खाने र लाभ लिने काममा भने शक्तिशालीकै आशिर्वादमा टिकेको देखिएकाले सुनितामाथि पनि कतिपय मतदाताले स्पष्ट आशा भने गर्न नसकिने बताउछन् ।