बुटवल उपमहानगरको मेयरमा गठबन्धनबाट खेलराज पाण्डेले गरे उम्मेदवारी दर्ता

बुटवल उपमहानगरको मेयरमा गठबन्धनबाट खेलराज पाण्डेले गरे उम्मेदवारी दर्ता

  • सोमवार, बैशाख १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

बुटवल, १२ वैशाख । बुटवल उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस बुटवल नगर सभापति समेत रहेका उनले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गर्नुअघि नगरप्रमुखका उम्मेदवार पाण्डेले आफु निर्वाचित भएपछि बुटवलको सडकलाई व्यवस्थित र ट्राफिक जामलाई कम गर्न बाइपास सडक बनाउने, उपमहानगरपालिकाका साना व्यवसायीहरूलाई समेत बोझ बनाइएको चर्को करलाई हटाउने आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

गठबन्धनभित्रकै एउटा दल जनता समाजवादी पार्टीले भने आइतबार नै मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दर्ता गराएको थियो ।

त्यसैगरी बुटवल उपमहानगरपालिकाको उपमेयरमा भने नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । बुटवलमा नेकपा एसको भागमा उपमेयर परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ