एमाले पोखरामा गडबडीः उपमेयरकी उम्मेद्धार मञ्जु गुरुङले पार्टीको सिफारीस अस्वीकार गरिन्

एमाले पोखरामा गडबडीः उपमेयरकी उम्मेद्धार मञ्जु गुरुङले पार्टीको सिफारीस अस्वीकार गरिन्

  • आइतवार, बैशाख ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

पोखरा ११ बैशाख । स्थानीय चुनावको मनोनयन गर्नु पर्ने दिन नै एमाले पोखरामा असन्तुष्टी बढेको छ ।
नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पोखरा महानगरपलिकाको उपमेयर पदकी उम्मेदवार मञ्जुदेवी गुरुङले आफ्नो उम्मेदवारी अस्वीकार गरेकी छिन् ।
उनले यस अघि देखि नै मेयरमा पनि आकांक्षा देखाएकी थिईनन् । तर कार्यकर्ताहरु जुनियर दिपक पौडेललाई मेयर र गुरुङ पार्टीमा पनि सिनियर रहेको अवस्थामा उपमेयरमै सीमित राख्न खोजेपछि उनले असन्तुष्टी जनाएको अनुमान गरेका छन् ।

आफूलाई सल्लाह नलिई, नसोधी गरिएको निर्णय आफूलाई स्वीकार्य नहुने उनले नेताहरुलाई चेतावनी दिएकी छन् ।

केन्द्रीय सदस्य र हालको महानगरको उपमेयरलाई तल राखेर मेयरमा प्रदेश सचिवालय सदस्य रहेका दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णयप्रति पोखराका कार्यकर्ताहरुमा असन्तुष्टी बढेको छ ।

गठबन्धनले पनि पूर्व एमालेकै नेता एकीकृत समाजवादीको तर्फबाट उम्मेद्धारी दिदैछन् । यस्तो बेला प्रतिस्पर्धा कठिन हुने भएकाले पनि पार्टी भित्र विवाद बढ्नु घाटा हुने भन्दै कार्यकर्ताहरुमा चिन्ता छाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ