सप्तरीमा दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

सप्तरीमा दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

  • शनिबार, बैशाख १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

सप्तरी १० वैशाख ।

हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका(५ मलेकपुरमा दुई मोटरसाइकल एक ‌‌अ‌ापसमा ठोक्किदा शनिबार तीन जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र।१(०२४१ प।२२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र।१(०२०४१ प।९५२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् । गम्भीर घाइते उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगिएको थियो । चिकित्सकले उनीहरूलाई तत्काल मृत घोषित गरेको प्रवक्ता काफ्ले बताए।

मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी