९ वैशाख, मकवानपुर । हेटौंडामा निर्माणाका क्रममा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक अज्ञात समुहले तोडफोड गरेको छ । दिव्य बाल उद्यानमा रहेको शालिक तोडफोड गरी आश्रितको शालिक भने पुरै उखलिएको भेटिएको छ ।
आज बिहान मर्निङ वाकमा गएका सर्वसाधारणले शालिक फुटेको देखेपछि समितिलाई खबर गरेका थिए ।
घटना कसले र किन गराएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पार्कमा अन्य कुनै संरचनालाई क्षति नगरी मात्र मदन(आश्रितको मात्र शालिक तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline