गठबन्धनको बलियो मुभपछि झस्कियो एमाले, स्थानीय तहमा काँग्रेस र माओवादीसँग समेत तालमेल गर्ने ?

गठबन्धनको बलियो मुभपछि झस्कियो एमाले, स्थानीय तहमा काँग्रेस र माओवादीसँग समेत तालमेल गर्ने ?

  • बिहिबार, बैशाख ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

बैशाख ८ काठमाण्डौँ । गठबन्धन टुट्ने र तालमेल नहुने आंकलन गरेको नेकपा एमालेले गठबन्धनले तालमेलको समझदारी सहित देशभर त्यो अभ्यास तीव्र बनाएर सहमति गर्दै अघि बढेपछि एमाले झस्किएको छ ।
आज ओली निवास बालकोटमा भएको सचिवालयको बैठकमा गठबन्धनले चूनौती हुन सक्ने र त्यसलाई सामना गर्न तयार रहनु पर्ने अध्यक्ष ओलीले निर्देशन दिएका थिए ।

यस अघि एक्लै चुनाव लड्ने भने पनि केन्द्रदेखि जिल्ला जिल्लामा समेत गठबन्धनको मोर्चाबन्दी बलियो बन्दै गएपछि एमालेले पनि लोसपा, राप्रपा, परिवारदल जस्ता साना पार्टीसँग तालमेल गर्ने औपचारीक समझदारी गरिसकेको छ ।
यद्यपि, लोसपासँगको तालमेल मधेशमा मात्रै हुने, राप्रपा नेपाल र परिवार दलको सांगठनिक प्रभाव खासै नभएका कारण एमालेले अब स्थानीय स्तरमा काँग्रेस र एमालेसँग पनि तालमेल गर्ने विषयमा छलफल गरेको छ ।
तर गठबन्धनले एमालेसँग कुनै पनि तहमा तालमेल नगर्ने निर्णय गरीसकेकाले एमालेको यो प्रयास सार्थक हुनेमा शंका छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति बनेको एमालेले यस पटक त्यो साख जोगाउन मुस्किल छ । एकातिर आफ्नै पार्टी विभाजित छ भने अर्कोतिर गठबन्धन ।
एमाले नेता पृथ्वी सुव्वा गुरुगंले स्थानीय तहमा कतिपय ठाँउमा काँग्रेस र माओवादीसँग तालमेल गर्न सकिने बताएका छन् ।

यस पटक गठबन्धनको भागबण्डा हेर्र्दा पहिलो दल काँग्रेस र दोस्रो दल माओवादी हुने आंकलन शुरु भएको छ ।
प्रचण्ड निकट स्रोतका अनुसार कसैसँग तालमेल नहुँदा समेत माओवादी एक्लैले देशभरको २ सय हाराहारी स्थानीय तह जितेर दोस्रो हुने रिपोर्ट माओवादी भित्र छ । तर गठबन्धन नै गरेर जाँदा त्यो सिट अझै बढ्न सक्ने र एमालेलाई थप कमजोर पारेर जाने माओवादी नेताहरुको मनोविज्ञान देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी