बैशाख ८ काठमाण्डौँ । गएराति छाती र पेटमा गोली लागेकी शमशेरदल गण कपिलवस्तुमा कार्यरत सिपाही कोपिला राजवंशीको मृत्यु भएको छ।
कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृत्यु भएको हो।
हेलिकप्टरमार्फत काठमाण्डौँ ल्याउने तयारी गरिएका बेला उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ड्युटीमा रहेको बेला आफैँले बोकेको एम १६ राइफलले गोली हानेको बताईएको छ ।
यो घटनाको कारणबारे विस्तृत जानकारी सार्वजनिक भईसकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline