गठबन्धनको नमुनाः केन्द्रदेखि वडा सम्मै मिल्यो धरान उपमहानगरमा

गठबन्धनको नमुनाः केन्द्रदेखि वडा सम्मै मिल्यो धरान उपमहानगरमा

  • बिहिबार, बैशाख ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

बैशाख ८ धरान । केन्द्रमा बनेको पाँच दलीय गठबन्धनको निर्णयप्रति स्थानीय तहमा ठाँउ ठाँउमा असन्तुष्टी व्यक्त भईरहे पनि धरानले भने नमुना प्रस्तुत गरेको छ ।
धरानमा गठबन्धन अन्तरर्गत अस्थित्वमा रहेका चार दलले सहमतिमा वडा सम्म भागवण्डा गरेका छन् । मेयरदेखि उपमेयर सम्म कतै पनि विवाद देखिएको छैन ।

लामो समय एमालेको बर्चस्व रहेको धरानमा पूर्व मेयर तारा सुव्वाको निधनपछि भएको निर्वाचनमा काँग्रेसले पहिलो पटक बाजी मारेको थियो ।

अहिले पनि मेयर काँग्रेसलाई र उपमेयर माओवादीलाई दिने गरी समझदारी भएको छ । जुन कुरा स्थानीय स्तरमा सबै दलले स्वीकार गरेका छन् ।
नेपाली काँग्रेसले प्रमुख सहित वडा नम्बर १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ को अध्यक्ष पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित वडा नम्बर ३, १५, १७ र २० को अध्यक्ष पाउने भएको छ । यसैगरी जनता समाजवादी पार्टीले वडा नम्बर १० र १९ पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउने गरी सहमति भएको छ ।
यस अघि धेरै जसो वडा सहित मेयर उपमेयर दुबै एमालेले जीतेको थियो ।
गठबन्धनले तल्लो स्तरसम्मै व्यापक प्रतिवद्धता जनाएपछि एमालेका लागि चूनौती थपिएको छ ।
एमालेले राप्रपासँग तालमेल गरेपनि उसको प्रभाव खासै नरहेकाले पनि गठबन्धनले सहज जित निकाल्ने आकंलन गरिरहेका छन् ।
यस अघि एउटा मात्रै वडा जीतेको माओवादीले यस पटक तीन वटा वडा सहित उपमेयर पाउने भएकाले माओवादी भित्र पनि असन्तुष्टी छैन । एमालेबाट फुटेको एकीकृत समाजवादीले पनि एउटा वडा पाँउदा जसपाले यस अघि केही हात नलागेको ठाँउमा दुई वटा वडा पाउने भएकाले सन्तुष्ट नै छ ।

त्यसो त भोजपुर, खोटागं र पाँचथरमा पनि गठबन्धनले भागबण्डा गरिसकेको र अन्य जिल्लामा पनि आज भोली नै सहमति हुने र सहमति नभएको जिल्ला र स्थानका बारेमा केन्द्रलाई प्रतिवेदन पठाईने माओवादी प्रदेश १ का उपाध्यक्ष शिब कुमार डाँगीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी