बैशाख ८ काठमाण्डौँ । नेपाली सेनाको कपिलबस्तुको गोरुसिंगेमा रहेको शमशेरदल गणभित्र गोली चल्दा घाईते भएकी सैनिक जवान कोपिला राजवंशीलाई थप उपचारको लागि काठमाण्डौँ ल्याईएको छ ।
गणको भित्रि पोष्टमा कार्यरत झापा गौरादह १ कि २४ वर्षीया कोपिला राजवंशीलाई गोली लागेको थियो । उनको लुम्वीनी प्रादेशिक अस्पतालमा उपचार हुँदै थियो । तर त्याहाँ उपचार हुन नसकेपछि उनलाई हेलिकप्टर मार्फत काठमाण्डौँ ल्याईएको हो ।
राजवंशीको छाती र पेटमा दुई वटा गोली लागेको छ । गोली चल्नुको कारण खुलिनसकेको सैनिक स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline