तिमिल्सिनाको बंशावली बनाईदै, वंश खोज तथा अनुसन्धानमा सहयोग गर्न समाजको आग्रह

तिमिल्सिनाको बंशावली बनाईदै, वंश खोज तथा अनुसन्धानमा सहयोग गर्न समाजको आग्रह

  • मङ्लबार, बैशाख ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 49.4K
    SHARES

काठमाडौं, ६ वैशाख । तिमिल्सिना समाज नेपालले बंशावली निर्माणका लागि वंश खोज तथा अनुसन्धान कार्य अघि बढाएको छ । स्थापनाकालदेखि नै बंशावली निर्माणको मुख्य उदेश्य लिएको समाजले आर्र्थिक कोष नै खडा गरेर अहिले बंशावली निर्माणका लागि कार्य सुरु गरेको हो । नेपालको ७७ वटै जिल्लामा बसोबास गर्ने तिमिल्सिनाहरु झण्डै ८ लाखको संख्यामा रहेका छन् ।
विभिन्न भूगोल अनुसारको उच्चारणको आधारमा तिमिल्सिनाहरू अन्य विभिन्न थर लेख्ने र वोल्ने चलन रहेको छ । तिम्सिना, तिमल्सिना, तिमल्सेना, तिमिल्सिना, तिमसिना, तिम्सैना आदि लेख्ने प्रचलन रहेको छ।
कतिपयले विष्ट, न्युरे, कुइकेल, कोइराला, कार्की, के.सी., खत्री,जोशी, उपाध्याय, शर्मा आदी पनि लेख्ने गरेको पाईएको छ । लेखाईमा फरकपन पाईएपनि सबै तिम्सिनाहको गोत्र भने एउटै हो । तिम्सिनाहरुको गोत्र मौद्गल्य हो ।
समाजले देश विदेशमा रहेका सबै तिमिल्सना बंशजभित्र रहेका बन्धुहरुलाई बंशावली निर्माणमा सहयोग गरिदिन आग्रह समेत गरेको छ । समाजका अध्यक्ष दिपक तिमिल्सनाले सबै तिमिल्सना दाजुभाई दिदिबहिनी तथा आमाबुबुबाहरुलाई आफ्नो बंश खोज तथा अनुसन्धानमा सहयोग गरि बंशावली निर्माणमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
भावी पुस्ताका लागी पनि बंशावली निर्माण आवश्यक भएको भन्दै आफ्नो धमै सस्कृति सुरक्षीत गर्न सबै एकजुट भएर लाग्न आग्रह गरेका छन् ।
बिभिन्न समयमा तिमिल्सनाहरुको बंशावली निकाल्ने कार्य पनि भएको पाईन्छ तर कुनै सिमित जिल्ला र क्षेत्रका तिम्सिना तिमिल्सिनाको मात्रै उक्त वंशावलीमा विवरण समेट्ने कार्य भएको छ । यसअघि तयार पारिएका त्यस्ता बंशावलीमा कुनै पुस्ताको उल्लेख नै नगरि केहि सिमितको मात्रै बंश विवरण समेटिएको पनि पाइएको छ । यस्तो अवस्थामा तिमिल्सिना समाजले सम्पूर्ण तिम्तिसनाहरुको पूर्ण बंशावली प्रकाशन गर्ने कार्य अघि बढाउन लागेको हो । त्यसका लागि समाजले आर्थिक कोष पनि बनाएको छ । जसमा करिब २३ लाख रकम संकलन भईसकेको छ ।
तिमिल्सिना वंश  नेपालमा मात्र सिमित नभएर भारतको सिक्किम, आसाम, मणिपुरसम्म पनि बिस्तारित छ । यसैगरी भुटान, बर्मामा पनि तिमिल्सिनाको स्थायी बसोबास रहेको छ । यसरी नै विश्वका अन्य देशमा पनि तिमिल्सिनाहरू स्थायी रूपमा बसोबास गर्दै आएको पाइएको छ । आज तिमिल्सिनाहरू पृथ्वीको सबै महाद्वीपमा छरिएर रहेकाछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ