कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

  • आइतवार, बैशाख ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

मोरङ, बैशाख ४ गते ।

मोरङको सुन्दरहरैचा नगरपालिका–६ का ६४ बर्षीय देवी प्रसाद तामाङ र ३२ बर्षीय मणि कुमार तामाङलाई कुटपिट गरी ब्यक्ती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गत चैत्र ३० गते राती पौने १० बजेको समयमा स्थानीय देवी प्रसाद तामाङ र ४१ बर्षीय गणेश भनिने मान बहादुर तामाङ विच सामान्य बादबिबाद भई झै(झगडा भएको र बाबुलाई कुटपिट गरेको भनी देवी प्रसादका छोरा ३२ बर्षीय मणी कुमार तामाङले मान बहादुरलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा उनी घाईते भएका थिए । घाईते मान बहादुरलाई उपचारको लागी बिराटनगरको न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा बैशाख ३ गते बिहान मृत्यु भएको थियो ।

घटनाको लगत्तै फरार रहेका दुवै बाबु छोरालाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले बैशाख ३ गते नै पक्राउ गरेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी