‘नकोरिएका सन्दर्भहरु’ विमोचित

‘नकोरिएका सन्दर्भहरु’ विमोचित

  • शनिबार, बैशाख ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

अनीता ढुङ्गेलद्वारा लिखित ‘नकोरिएका सन्दर्भहरुः प्रा.डा अन्जनीकुमार शर्माको जीवनचरित’ नामक पुस्तकको आज यहाँ लोकार्पण गरिएको छ ।

स्व. प्राडा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले सो पुस्तकको लोकर्पण गर्नुभएको हो । पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. डा. ज्ञानू पाण्डेले डा. अञ्जनीकुमार शर्मा केवल चिकित्सक मात्र नभई प्रेरक समाजसेवी हुुनुहुन्थ्यो भन्नुभयो । “पुस्तकले नेपाली समाजको अज्ञानता हटाउन डा शर्माले खेलेको भूमिका छर्लङ्ग पारेको छ । कलात्मक ढङ्गले लेखिएको पुस्तक पाठकमैत्री छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार लेखक ढुङ्गेलले तटस्थ र सन्तुलित हिसाबले लेख्नुभएको पुस्तकमा नेपालको स्वास्थ्य क्षेत्रको सग्लो इतिहास पढ्न पाइन्छ । नेपाली साहित्यको जीवनी लेखन विधामा यस पुस्तकले नयाँ आयाम थप्ने पाण्डेको विश्वास छ ।

यसैगरी वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले स्व. डा. अञ्जनीकुमार शर्मा राजादेखि रैतीसम्म सबैको प्रिय व्यक्ति भएको सुनाउनुभयो । प्राडा. प्रमिला प्रधान र प्लास्टिक सर्जन शङ्करमान राईले स्व. डा.शर्मा प्राज्ञिक व्यक्तित्व हुनुहुन्थ्यो बताउनुभयो । उहाँले भन्नुभयो, “चिकित्सकले रोग तथा स्वास्थ्यसम्बन्धी लेख लेखेर आम जनतालाई जानकारी गराउनुपर्छ भनी लेखन कार्यका लागि उहाँ सदा घच्घच्याइरहनुहुन्थो ।”

वरिष्ठ शल्यचिकित्सक डा. सुदीपकुमार भट्टाचार्यले स्व. डा शर्मालाई नेपालको आधुनिक शल्यचिकित्साका जननी भएको दाबी गर्नुभयो । समाजसेवी पुनमचन्द्र अग्रवालले लाइन्स क्लबमार्फत नेपाली समाज सेवामा स्व. डा. शर्माले अविष्मरणीय योगदान पु¥याएको बताउनुभयो । वरिष्ठ चिकित्सक डा. गौरीशङ्कर लाल दास तथा बालरोग विशेषज्ञ डा हेमाङ्ग दीक्षितले स्व. डा. शर्माले क्यान्सर रोगको रोकथाम, नियन्त्रण तथा उपचारमा पु¥याएको योगदानमाथि चर्चा गर्नुभयो ।

उक्त पुस्तकको मूल्य रु ५५० रहेको छ । पुस्तक बिक्रीबाट सङ्कलित रकम भक्तपुर क्यान्सर अस्पताललाई प्रदान गरिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी