आजबाट नयाँ बर्ष शुरु, शुभकामना आदान प्रदान गरी मनाईदै

आजबाट नयाँ बर्ष शुरु, शुभकामना आदान प्रदान गरी मनाईदै

  • बिहिबार, बैशाख १, २०७९
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

बैशाख १ काठमाण्डौँ ।
विक्रम संवत्को नयाँ वर्ष २०७९ सुरु भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन।

एकआपसमा शुभकामना आदानप्रदान गरी नेपालमा आज हर्षोल्लासपूर्वक नयाँ वर्ष मनाइँदै छ। विश्वर छरिएर रहेका नेपालीले पनि आज एकापसमा शुभकामना आदानप्रदान गरी नेपाली नयाँ वर्ष मनाउँदैछन्। नयाँ वर्षको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराईले बताए।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको तर्क विज्ञहरुको छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ। कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको मानिन्छ।

आज बिहानै उठेर नुहाइधुवाई गर्ने, घरकोठा–आँगन सफा गर्ने, परिवारका सदस्य र आफन्त भेला भएर मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ