दुर्घटना घाइते भएका १२ जनाको कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपचार हुँदै

दुर्घटना घाइते भएका १२ जनाको कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपचार हुँदै

  • मङ्लबार, चैत्र २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

जुम्ला, २९ चैत ।

जुम्लाको तातोपानी गाउँपालिका-२ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी जिपका सवार १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे१ज १२२० नम्बरको जिप दुर्घटना भएको बताएका छन् ।

घाइते हुनेमा हिमा गाउँपालिका-४ की १७ वर्षीया जमुना शाही, सोही गाउँपालिका(७ का ४१ वर्षीय वीर्ख शाही, तिलागुफा नगरपालिका-२ का ४८ वर्षीय रणबहादुर बोहोरा, सोही ठाउँका ४३ वर्षीय बेलुकृष्णा बोहोरा रहेका छन् ।

त्यस्तै हिमा १ का १५ वर्षीय विवेक शाही, सिजा गाउँपालिका(३ का ३१ वर्षीय करबहादुर नेपाली, सोही गाउँपालिका(२ का ३६ वर्षीय जीवनप्रसाद तिवारी रहेका छन् ।

त्यस्तै सिजागाउँपालिका(३ वस्ने ४२ वर्षीय मेघबहादुर सार्की, हिगाउँपालिका(४ का २५ वर्षीया सिता रोकाया र उनकी ५ महिनाकी छोरी प्रिमिका रोकाया रहेको जुम्ला प्रहरीले बताएको छ ।

त्यस्तै तिलागाउँपालिका-८ का ३० वर्षीय धनलाल बस्नेत र तिला-१ का ५८ वर्षीय चाउरे बुढा रहेका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नरेन्द्र चन्दले बताए । प्रतिष्ठानमा एक चालकसहित १२ जनाको उपचार भइरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रबत्ता रमेश भट्टराइले घाइते १२ जना मध्य ४जनाको अवस्था गम्भीर रहेको छ । अरु सबै सामन्य अवस्था छन उपचार भइरहेको छ ।

केही यात्रुलाई गम्भीर चोट लागेको छ । उनीहरूको एक्सरे गर्ने काम भइरहेको छ । तीब्र गतिको भ्यान सिँधै सडकबाट खोलामा गएको स्थानीय लोकबहादुर दमाइले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ