भरतपुरमा लफडाः मेयर माओवादीलाई दिए स्थानीय काँग्रेसीले स्वतन्त्र उम्मेद्धारी दिने !

भरतपुरमा लफडाः मेयर माओवादीलाई दिए स्थानीय काँग्रेसीले स्वतन्त्र उम्मेद्धारी दिने !

  • मङ्लबार, चैत्र २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

चितवन, २९ चैत ।

भरतपुर महानगरपालिकाको मेयर पद नेकपा माओवादी केन्द्रलाई छाड्ने सत्ता गठबन्धनको अनौपचारिक निर्णय बाहिरिएपछि कांग्रेसको महानगरका वडा सभापतिहरूले असन्तुष्टि जनाएका छन् ।

सत्ता गठबन्धनका दलले अघिल्लो चुनावमा जितेका पद यथावत् रूपमा पाउने र एमालेले जितेका पदमा भागबन्डा गर्ने अनौपचारिक निर्णय बाहिरिएको थियो । उक्त निर्णय कार्यान्वयन भएमा भरतपुर महानगरपालिका स्वतः माओवादी केन्द्रले पाउने छ ।

नेपाली कांग्रेस वडा नम्बर १९ का सभापति आसमान तामाङको अध्यक्षतामा मंगलबार जिल्ला पार्टी कार्यालय कमलनगरमा बसेको वडा सभापतिको बैठकले केन्द्रीय निर्णयको विरोध गरेको हो । अनौपचारिक निर्णयअनुसार भएमा मेयर, उपमेयरसहित सबै वडामा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका छन् ।

वडा सभापतिको संयुक्त निर्णय विपरीत गठबन्धन गरिएमा भरतपुर महानगरमा मेयर, उप–मेयर र सबै वडामा अध्यक्षसहितका उम्मेदवार खडा गर्ने भरतपुर–१९ कांग्रेस सभापति तामाङले बताए ।

बैठकको निर्णय वडा सभापतिहरूले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका गरेका छन् । निर्णय बुझ्दै जिल्ला सभापति खनालले आफ्नो चाहना पनि वडा सभापतिहरूको निर्णयसँग मेल आएको बताए ।

केन्द्र, जिल्ला र महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि वडा सभापतिहरू कुनै पनि गठबन्धनको पक्षमा नरहने निष्कर्ष निकालेका छन् । वडा सभापतिहरूले आफूहरूले भनेको नभए गठबन्धनका सबै उम्मेदवारहरूलाई बहिस्कार गर्ने निर्णय पनि गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी