काठमाडौं चैत्र २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।
राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् ।
नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्ने अनुमति प्रदान गरिएको हो ।
‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने उल्लेख गरिएको छ ।
यस पटक विप्लव समुह पनि बहिष्कारमा नरहेको, सिके राउत पनि चुनावमा भाग लिने तयारी गरेको र सुरक्षा थ्रेट कम देखिए पनि सेना परिचालन गर्ने सरकारले तयारी गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline