३१ वर्ष एमालेमा काम गरेका घिमिरेले आँशु खसाल्दै छाडे पार्टी (भिडियो सहित )

३१ वर्ष एमालेमा काम गरेका घिमिरेले आँशु खसाल्दै छाडे पार्टी (भिडियो सहित )

  • मङ्लबार, चैत्र २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

चैत्र २९ झापा । ३१ वर्ष एमालेमा ईमान्दारीपूर्वक काम गरेपनि मेचीनगर मेयरको टिकटमा नामै सिफारीस नभएपछि नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

झापा काकरभिट्टा निवासी एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटिका संयोजक घिमिरेले भक्कानिएर रुँदै पार्टी परित्याग गरेका हुन् ।

तत्कालिन काकरभिट्टा गाविसको अध्यक्ष समेत रहेका नेता घिमिरेले पार्टी निर्माण र संगठन बिस्तारसंगै जनसेवामा समर्पित हुँदा समेत एमालेले आफ्नो योगदानको कदर नगरको बताउँदै पार्टी छोडेको बताए ।
नेता घिमिरे आसन्न बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि एमालेका तर्फबाट मेचीनगरको नगरप्रमुख पदको आंकाक्षी थिए । तर, उम्मेद्वार छनौटका लागि भएको पार्टीको आन्तरिक चुनावमा घिमिरे सिफारिसमा परेनन् । उम्मेद्वार छनौटका क्रममा नेताहरुले आफुबिरुद्ध षडयन्त्र गरेर उम्मेद्वारका रुपमा छनौट हुन नदिएको नेता घिमिरेले आरोप लगाएका छन्। मेचीनगरको मेयरको लागि एमालेबाट प्रदेशसभा सदस्य गोपाल बुढाथोकी, हालकी उपमेयर मिना उप्रेती रनिलकण्ठ तिवारीको नाम सिफारिस भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आदरणीय मेरा सहयोगी मित्रहरू पटकपटक म माथि भएको अन्याय सहन सकिन एउटैलाई थपीथपि जिम्मेवारी र अरुलाई अवसरबाट बन्चित गर्ने चरम गुडबन्दीका नाइके हरुसँग बसेर पटकपटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मिति बाट नेकपा एमाले को सम्पूर्ण जिम्मेवारीबाट बिदा लिए मलाई माया गर्नुहुने सम्पूर्ण मित्रहरूसँग क्षमा चाहान्छु।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी