चैत्र २९ काठमाण्डौँ । महिला, आदिवासी, जनजाति, मुस्लिम , मधेशी समुदायको हक अधिकारका लागि भन्दै दश बर्षे जनयुद्ध गरेको माओवादीले आसन्न स्थानीय तहको नेतृत्वमा पनि महिलालाई प्राथमिकता दिने नीति लिएको छ ।
माओवादी जनयुद्ध पछि नै संविधानमै राज्यका सबै निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता बनेको थियो । यसै कारण दलहरुले पनि महिलालाई नेतृत्वमा ल्याउन थालेका छन् ।
यसको श्रेय माओवादीलाई नै जान्छ । सोही पार्टीले यस पटक स्थानीय तहको निर्वाचनमा महिला नेतृत्वलाई प्राथमिकता दिने भनेको छ । अध्यक्ष प्रचण्डले जारी गरेको सर्कुलरमा हरेक जिल्लाबाट कम्तीमा एक महिला पालिका प्रमुख वा अध्यक्ष पदको उम्मेदवार सिफारिस गर्न सर्कुलर गरेको छ ।
एउटा पालिकाको कम्तीमा एक वडा अध्यक्षमा महिलालाई सिफारिस गर्न भनेको छ ।
सर्कुलरअनुसार महिला उम्मेदवार सिफारिस भएको अवस्थामा माओवादी केन्द्रको देशभर ७७ जना महिला नेतृ पालिकाको नेतृत्वमा प्रतिस्पर्धी बन्नेछन् ।
७५३ जना महिला वडाध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् ।