बाटो बनि नसक्दै उद्घाटन गरेपछि एमाले नेता एवं पूर्व मुख्यमन्त्री पौडेलको जनप्रतिनिधिले नै गरे विरोध

बाटो बनि नसक्दै उद्घाटन गरेपछि एमाले नेता एवं पूर्व मुख्यमन्त्री पौडेलको जनप्रतिनिधिले नै गरे विरोध

  • बुधबार, चैत्र २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

हेटौंडा, २३ चैत । हेटौंडा उपमहानगरपालिका–६ को एउटा सडक निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै वडा अध्यक्षले विरोध जनाएका छन् ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले नेता डोरमणि पौडेलले वडास्थित बीचहात्तिलेटबाट रामनगर सम्म जोड्ने सडकको निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेका हुन् ।

वडा कार्यालयसँगको समन्वय बिना एमाले ६ नम्बर वडाका स्थानीय नेताहरूले पूर्वमुख्यमन्त्री पौडेलबाट सडकको उद्घाटन गराएको भन्दै वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले विज्ञप्ती मार्फत विरोध जनाएका छन् । सडक निर्माण सम्पन्न नहुँदै उद्घाटन भएपछि यसको विरोध हुन थालेको छ । टोल विकास संस्थालाई समेत खबर नगरी अनावश्यक राजनीति गर्दै निर्माण भैरहेको सडक उद्घाटन गरिएको स्थानीयको आरोप छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को २०७५र०७६ र ०७६र७७ को सिलिङ बजेटबाट विनियोजित रकम र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्र विकास कोषबाट रकम प्राप्त भई वडा कार्यालयबाट उपभोक्ता समिति गठन गरेको र समितिले काम नगर्दा बजेट फ्रिज भएपछि वडाकै पहलमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २०७८र०७९ मा ठेक्कामार्फत काम भइरहेको वडा अध्यक्ष चौलागाईंले जानकारी दिए ।

भर्खरै कालोपत्रे भएको र बजेट फरफारक समेत नभई हस्तान्तरण नभएको सडक एमालेले वडा कार्यालयलाई उपेक्षा गरी उद्घाटन गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘निर्माण सम्पन्न भए पश्चात सल्लाहमै उद्घाटनका लागि पूर्वमुख्यमन्त्री पौडेललाई नै बोलाउँदा पनि हुन्थ्यो,’ वडा अध्यक्ष चौलागाईले भने, ‘म विकास विरोधी होइन । जसले उद्घाटन गरे पनि वडाकै विकास हुने कुरा हो । तर यहाँ अनावश्यक राजनीति गरियो ।’

सडकको दायाँबायाँ ढल निर्माण पनि भएको छैन ।

Avatar

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी