सहकारी दिवसका अवसरमा कोअपरेटिभ म्यानेजर्स क्लबको रक्तदान

सहकारी दिवसका अवसरमा कोअपरेटिभ म्यानेजर्स क्लबको रक्तदान

  • सोमवार, चैत्र २१, २०७८
  • दिपक चौरसिया

  • 9.5K
    SHARES

६५ औ राष्ट्रिय सहकारी दिवासको अवसरमा को-अपरेटिभ म्यानेजर्स क्लबले खुल्ल रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सिएमसि क्लब दुारा खुल्ल रक्तदानमा २२ जना महिला सहित १०२ जनाले रक्तदान थियो ।

श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लि।का संचालक एवम् सिएमसि क्लबका अध्यक्ष चन्देश्वर चौरसियाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको प्रमुख आतिथ्यमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित,बिरेन्द्रराज कडेल,संघका महासचिव जिष्णु बराल,श्री राजेश्वरी बचत तथा ऋण सहकरी संस्थाका अध्यक्ष अजय प्रजापति,गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका उमेश साह बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाइ एवम् क्लबका पदाधिकारीहरुको उपस्थित रहेको थियो।रक्तदान गर्नेहरु अजय प्रजापति,चन्देश्वर चौरसिया,रवि कुमार श्रीवास्तव,सोनम श्रेष्ठ,इन्दु श्रेष्ठ ,सावित्री राई,आशा झा,ओम प्रकाश महतो नुनिया,हरिओम जैसी,जितेन्द्र कुशवाहा,शिवनारायण साह तेली,सिर्जना कार्की ,स्नेहा साह,अशोक कुमार अहिर लगायत २२ महिला सहित १०२ जनाले रक्तदान गरेको रक्त संचार केन्द्रका दिलमाया घिमिरेले जानकारी दिएकी छिन।

त्यसैगरी आजै घन्टाघरमा सिएमसि क्लबले राष्ट्रिय सहकारी दिवसको अवसरमा दिप प्रज्वलीत गरिएको अध्यक्ष चन्देश्वर चौरसियाले जानकारी दिएका छन्।दिप प्रज्वलीत कार्यक्रममा क्लबका पदाधिकारी एवम् अन्य सहकारी संस्थाका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी