ओली जी तपाई मृगौला पीडित हुनुहुन्छ, सरकारले दिएको मासिक पाँच हजार भत्ता थाप्न आउनुस्ः गगप थापा

ओली जी तपाई मृगौला पीडित हुनुहुन्छ, सरकारले दिएको मासिक पाँच हजार भत्ता थाप्न आउनुस्ः गगप थापा

  • आइतवार, चैत्र २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

चैत्र २० सिन्धुपालचोक । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ब्यग्यात्मक जवाफ दिएका छन् ।
सिन्धुपालचोकमा एक कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शेर बहादुर देउवालाई केही दिन अघि ओलीले चार हजार वृद्धा भत्ता थाप्न र सूर्यमा भोट हाल्न गरेको कटाक्षको जवाफ दिँदै उनले मृगौला पीडित सहित दीर्घ रोगीलाई मासिक पाँच हजार भत्ता सरकारले दिने निर्णय गरेकाले थाप्न आउन ओलीलाई कटाक्ष गरेका हुन् ।
उनले प्रधानमन्त्री भारत भ्रमणमा जानु अघि छलफलका लागि फोन गरिएको तर उनले भ्याउदिन भनेको भन्दै अहिले थाहा नभएको बताउनु सरासर झुट भएको बताए ।
उनले पाँच वर्ष सरकार चलाउने अवसर पाँउदा चलाउन नसकेर संसद नै पटक पटक भंग गरेर ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै अब जनताले चिन्न सक्नु पर्ने बताए ।

थापाले तालमेल गर्ने विषयमा आफूहरुले फरक कुरा राख्दै आएको भए पनि अब गठबन्धन गर्ने निर्णय पार्टीले गरीसकेकाले त्यसलाई सबैले मान्नु पर्ने बताए ।
एमालेले माओवादीसँग रातारात गरेको तालमेल ठीक हुने अनि काँग्रेसले गरेको गठबन्धन बेठिक हुने भन्ने कुरै आँउदैन, सबैले मानेर जानु पर्छ थापाले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ