एमालेको वडा कमिटी माओवादी केन्द्रमा

एमालेको वडा कमिटी माओवादी केन्द्रमा

  • शनिबार, चैत्र १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४ एमाले मुक्त वडा भएको छ । सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश गरेपछि वडा नै एमाले बिहीन भएको हो । यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो ।

अहिले त्यहीँ सिङ्गो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा९माओवादी केन्द्र०का केन्द्रीय सदस्य एवं रुकुमपूर्वका इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेको वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्य टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूर्ण बुढा, विनोद बुढा, पद्मोदया बुढा, नरम बुढा, मनदेउ बुढा, सन्तोष पुन, सूर्यमान पुन, भरण विक, धनलब बुढा रहनुभएको छ ।

उहाँहरू सबैलाई जिल्ला इन्चार्ज ओली र पार्टी गाउँ सङ्गठन समितिका इन्चार्ज जिताराम कामीले पूmलमाला, अविर तथा खादा ओढाएर पार्टी प्रवेश गराउनुभएको छ । त्यहाँ सिङ्गो वडा कमिटीसँगै एमाले समर्थित सबै नागरिक पनि माओवदीमा आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ