पहिला पनि काँग्रेसले भारतीय सेना ल्याएर देशभक्तहरुको टाउको काटेको थियो, अहिले चुनावको मुखमा देउवा किन दिल्ली गए ? ओलीको प्रश्न

पहिला पनि काँग्रेसले भारतीय सेना ल्याएर देशभक्तहरुको टाउको काटेको थियो, अहिले चुनावको मुखमा देउवा किन दिल्ली गए ? ओलीको प्रश्न

  • शुक्रबार, चैत्र १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

चैत्र १८ काठमाण्डौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले विगतमा भारतीय सेना ल्याएर नेपाली देशभक्तहरुको टाउको कटाएको आरोप लगाँउदै अहिले चुनावको मुखमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएको बिषयमा प्रश्न उठाएका छन् ।
अनेरास्ववियुको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भीमदत्त पन्तहरुको हत्याका लागि काँग्रेसले भारतीय सेना ल्याएको, विपी कोईराला गृहमन्त्री हुँदा भारतीय सेना ल्याएर बिद्यार्थीमाथि गोली हानेको आरोप लगाए ।

ओलीले चुनावको मुखमा देउवा किन भारत गएका रहेछन् ? आएपछि सोध्ने पनि बताए ।
अर्कोतिर काँग्रेसले जहिले पनि थोत्रा र पत्रु तत्वहरुसँग सहकार्य गर्ने गरेको उनको आरोप छ ।
माधव नेपालले विगतमा एमालेलाई न भाले न पोथी बनाएको भन्दै अब युवाहरुले एमालेलाई बलियो बनाएर जिताउन अपील गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ