जनक शिक्षामा सेना पस्यो, प्रमुख सेनानीको नेतृत्वमा ३५ जनाको टोली तैनाथ

जनक शिक्षामा सेना पस्यो, प्रमुख सेनानीको नेतृत्वमा ३५ जनाको टोली तैनाथ

  • बिहिबार, चैत्र १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं, १७ चैत । स्थानीय निर्वाचनमा मतपत्र छपाइ शुरू भएपछि नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा करिब ३५ जनाको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रवेश गरेको छ ।

निर्वाचन आयोगले बुधबारबाट मतपत्र छपाई शुरू गरेसँगै मतपत्र छपाइ गर्ने क्रममा भित्री सुरक्षाको जिम्मा पाएको नेपाली सेना केन्द्रको प्रेसको सुरक्षार्थ तैनाथ भएका हुन् ।

केन्द्रका एक कर्मचारीले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार हिजो दिउँसोबाट नेपाली सेनाको टोली जनक शिक्षा प्रवेश गरेको हो । उहाँका अनुसार सो टोली मतपत्र छाप्ने काम नसकेसम्म प्रेसमै बस्नेछन् ।

नेपाली सेनासँगै दोस्रो घेराको जिम्मा पाएका सशस्त्र प्रहरी र तेस्रो घेराको जिम्मा पाएको नेपाल प्रहरीको टोलीसमेत प्रेसमा जाने भएका छन् । एसईईको प्रश्नपत्र छपाइ सकेलगत्तै चिकित्सा शिक्षा आयोगको प्रश्नपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रमा अब मतपत्र र नियमित रूपमा पाठ्यपुस्तकको छपाइ हुनेछ । यो समाचार नेपाल समाचारपत्रमा छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ