साहित्यिक चौतारी नेपाल जापान शाखाको अध्यक्षमा अमर देव वास्तोला, बिदाइ तथा नववर्षको शुभकामना आदान-प्रदान सम्पन्न

साहित्यिक चौतारी नेपाल जापान शाखाको अध्यक्षमा अमर देव वास्तोला, बिदाइ तथा नववर्षको शुभकामना आदान-प्रदान सम्पन्न

  • बुधबार, चैत्र १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

टोकियो, जापान । साहित्यिक चौतारी नेपाल जापान शाखाको अध्सक्षमा अमर देव बास्तोला चयन भएको छ । संस्थापक अध्यक्ष विन्दा पराजुली वरालको बिदाइ भएसंगै संस्थाको अध्यक्षमा बास्तोला चयन भएको हो ।

आफ्नो जापान बसाईलाई बिट मार्दै नेपाल फर्किन लाग्नू भएकी संस्थाका अध्यक्ष विन्दा पराजुली बरालको बिदाइ तथा रचना वाचन सहित नववर्ष २०७९ को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

भर्चुअल प्रविधि जुम मार्फत् गरिएको उक्त्त कार्यक्रममा,साहित्यिक चौतारी नेपाल केन्द्रकी अध्यक्ष गीता भण्डारी, प्रमुख अतिथी, गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष, शिव प्रसाद पौडेल, नेपाल हाइकु संघको अध्यक्ष डा.राम कुमार पाण्डे, साहित्यिक चौतारी नेपाल,जापान शाखाको अभ्यासशालाका गद्य प्रशिक्षक प्रा. डा विदुर चालिसे, बिशिष्ट अतिथी रहनुभएको थियो ।

त्यस्तै अन्य अतिथिहरू तर्फ कोपिला विधाको प्रवर्तक, अभ्यासशाला जापान शाखाका कोपिला विधाको प्रशिक्षक गिरिराज डल्लाकोटी, वरिष्ठ छन्दकवि, अभ्यासशाला जापान शाखाका छन्द प्रशिक्षक, वीरेन्द्र नेपाल, यसैगरी बेलायतबाट कवि दुष्यन्त भट्टराई, अनेसास जापान च्याटरकी उपाध्यक्ष, सबिना रेग्मी, विश्व नेपाली साहित्य महासंघको तर्फबाट विजय स्याङ्बो, साहित्य सुधा नेपालकी अध्यक्ष, कल्पना काफ्ले, अनेसास बोर्ड अफ ट्रष्टी मेम्बर गृष्मा पौड्याल, समाजसेवी तथा वरिष्ठ सितार वाधक सुष्मा ओमाता, कान्साइ टेलिभिजनका सञ्चालक एवं सञ्चारकर्मी पुरुषोत्तम लामिछाने लगायत सञ्चारकर्मी तथा कवियत्री सजिना मोक्तानको उपस्थिति रहेको थियो।

साहित्यिक चौतारी नेपाल जापान शाखाकी उपाध्यक्ष सरिता ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता नव नियुक्त अध्यक्ष अमरदेव बास्तोलाले गर्नुभएको थियो ।

यसैगरी खोज तथा अनुसन्धान मुलक बालबालिका केन्द्रीत कार्यक्रम जस्ता प्रभावकारी कार्यक्रमलाई सफल गराएर एक संस्थापक अध्यक्षले देखाएको बाटोमा संस्थालाई मार्गनिर्देशेश र गति दिन, नव निर्वाचित अध्यक्ष अमरदेव बास्तोलाले साहित्यिको लागि साहित्य गर्ने र भोलिको साहित्यिको धरोहर आजको बालबालिका हुन् भन्ने हेतुले बाल केन्द्रित साहित्यमा जोड दिँदै, जापान स्थित विभिन्न सामाजिक संघ सस्थाहरू सँग समन्वय गरेर संस्थाको, “साहित्यको विकास र विस्तार गर्ने सशक्त समूह” भन्ने नारालाई मूल सिद्धांत मानेर विशुद्ध साहित्यिक संस्थाको रूपमा स्थापित गर्ने अठोट व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी