तेह्रथुममा एमाले बिरुद्ध पाँच दलको मोर्चाबन्दी , मिलेर वडासम्मै जीत्ने रणनीति

तेह्रथुममा एमाले बिरुद्ध पाँच दलको मोर्चाबन्दी , मिलेर वडासम्मै जीत्ने रणनीति

  • बुधबार, चैत्र १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

चैत्र १५ तेह्रथुम । सत्तारुढ गठबन्धनबीच जिल्ला स्तरमा गठबन्धन घोषणा गर्ने क्रम बढेको छ । आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि तेह्रथुममा पनि पाँच दलिय वाम–लोकतान्त्रिक गठबन्धन भएको छ । दलहरुले विज्ञप्ति जारी गरेर दलहरुले गठबन्धनको घोषणा गरेका हुन् । काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी , जसपा र लिम्वुवान पार्टीबीच गठबन्धन बनेको घोषणा गरेका हुन् ।

आसन्न स्थानीस्य तहको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनमा भाग लिएर प्रतिगमन र त्यसको अवशेषविरुद्ध एक भएर उभिने जनअपेक्षाअनुसार गठबन्धन गरिएको विज्ञप्तिमा दावी गरिएको छ ।
उनीहरुले वडादेखि पालिका सम्म साझा उम्मेद्धारी दिने बताएका छन् ।
यसअघिको निर्वाचनमा ६ स्थानीय तहमध्ये ५ वटामा एमालेले जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ