थुनामा राख्‍ने जिल्ला अदालतको आदेशविरुद्ध पल शाहले गरे उच्च अदालत पोखरामा रिट दायर

थुनामा राख्‍ने जिल्ला अदालतको आदेशविरुद्ध पल शाहले गरे उच्च अदालत पोखरामा रिट दायर

  • मङ्लबार, चैत्र १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, १५ चैत । नाबालिकामाथि बलात्कार अभियोग लागेका पल शाहले जिल्ला अदालत तनहुँको आदेश बदर माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेका छन् ।

जिल्ला अदालत तनहुँको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । शाहले उच्च अदालत पोखरामा मंगलबार रिट दायर गरेको अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले अन्नपूर्णलाइ जानकारी दिए ।

चैत १० गते जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । शाहले गत फागुन १५ गते तनहुँ प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

विवाहको प्रलोभनमा पारी शाहले आफूलाई पटकपटक जबरजस्ती गरेको भन्दै पीडित किशोरीले गैंडाकोट र तनहुँ प्रहरीमा छुट्टाछुट्टै रिट दायर गरेकी थिइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ