एउटै मोटरसाईकलमा सवार चार बालकको दुर्घटनामा मृत्यु

एउटै मोटरसाईकलमा सवार चार बालकको दुर्घटनामा मृत्यु

  • मङ्लबार, चैत्र १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

जनकपुर १५ चैत्र । धनुषामा हिजो साँझ एउटै मोटरसाईकलमा सवार चाल जना बालकको दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

धनुषाको सवैला नगरपालिका–१२ रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाको बिच सडकखण्डमा सो दुर्घटना भएको प्रहरीको भनाई छ ।

मृत्यु हुनेमा सबैला वडा नं. २ बस्ने वर्ष १२ का लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ का सुमित यादव र वर्ष १२ का बौका यादव रहेका छन् । उनीहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए ।

साथै दुर्घटनामा परी सोहि वडाका वर्ष १९ का सुरेन्द्र यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ