बहुमत केन्द्रीय सदस्यको बिरोधपछि चुनावमा जाने प्रस्तावबाट पछि हटे विप्लव, बहिष्कार पनि नगर्ने, भाग पनि नलिने

बहुमत केन्द्रीय सदस्यको बिरोधपछि चुनावमा जाने प्रस्तावबाट पछि हटे विप्लव, बहिष्कार पनि नगर्ने, भाग पनि नलिने

  • सोमवार, चैत्र १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

चैत्र १४ काठमाण्डौँ । स्थानीय चुनावमा भाग लिन गरेको प्रस्तावमा बहुमत केन्द्रीय सदस्य विपक्षमा देखिएपछि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव आफ्नो प्रस्ताव संसोधन गर्न बाध्य भएका छन् ।
कपिलबस्तुमा बसेको बैठकमा बिप्लवले चुनावमा भाग लिन प्रस्ताव गरे लगत्तै हेमन्त वली, धर्मेन्द्र बास्तोला सहितका नेताहरुले बिरोध गरेका थिए । त्यसपछि ४० जना भन्दा बढी केन्द्रीय सदस्यले समेत अहिले चुनावमा भाग लिन सक्ने अवस्था नरहेको र भाग लिन नहुने मत राखेपछि विप्लवको प्रस्ताव अल्पमतमा परेको थियो । विप्लवलाई प्रकाण्ड र सन्तोष बुढाले साथ दिएका थिए ।

आज सम्पन्न हुन लागेको बैठकले संस्थागत रुपमा चुनावमा भाग नलिने तर उपयुक्त उम्मेद्धारलाई सहयोग गर्ने प्रकारको निर्णय हुन सक्ने एक केन्द्रीय सदस्यले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ