सर्लाहीमा पुलबाट खस्यो यात्रुबाहक बस, चार जनाको मृत्यु

सर्लाहीमा पुलबाट खस्यो यात्रुबाहक बस, चार जनाको मृत्यु

  • आइतवार, चैत्र १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

चैत्र १३ सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा रहेको पुलबाट यात्रुबाहक बस खोलामा खसेर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बसमा २५ यात्रु सवार रहेको प्रहरीको अनुमान छ ।

वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएपछि पुलको बारमा ठोक्किएको थियो । त्यसपछि बार भाँचिदा गाडी खोलामै खसेको थियो ।

मृत्यु भएका यात्रुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका यात्रुहरुको लालवन्दीमा रहेको अस्पतालमा उपचार भईरहेको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ