चैत्र १३ काठमाण्डौँ । नेपाल भ्रमणमा रहेका चीनीया विदेशमन्त्री वाङ यी सँगको भेटवार्ताका लागि एमाले अध्यक्ष केपी ओली मेरियट होटल पुगेका छन् । राष्ट्रपतिसँगको शिष्टाचार भेटपछि विदेशमन्त्री वाङ यस अघि नै मेरियट पुगेका थिए ।
भेटवार्तामा चीन नेपाल सम्बन्ध एवं अन्य समसामयिक विषयमा छलफल हुने अनुमान गरिएको छ ।
ओलीसँग वाङको वार्ता शुरु हुन लागेको छ । आधा घण्टा ओलीसँग छलफलपछि वाङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि सोही होटलमा भेटघाट गर्ने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline