नेपालको दुई वटा हात्ती भारतमा लगेर बेच्ने प्रयास, हात्ती सहित तीन पक्राउ

नेपालको दुई वटा हात्ती भारतमा लगेर बेच्ने प्रयास, हात्ती सहित तीन पक्राउ

  • शनिबार, चैत्र १२, २०७८
  • दिपक चौरसिया

  • 13.9K
    SHARES

पर्सा १२ चैत । नेपालबाट भारतमा हात्ती बेच्ने उदेश्यले पर्साको पकहामैनपुरबाट भारततर्फ लैजाँदै गरेको दुई वटा हात्तीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतमा बिक्री गर्न लैजाँदै गरेको अवस्थामा पकहामैनपुर गाउँपालिका–५ सबैठवाबाट दुई वटा हातीसहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पर्सा प्रहरीले हात्तीसहित माउते चितवन भरतपुर महानगरपालिका– १८ जीतपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्साको पकहामैनपुर गाउँपालिका–५ सबैठवाका ३५ वर्षीय सफरोज आलम पक्राउ परेका हुन् ।

भारततर्फ हात्ती बिक्री गर्न लैजाँदै गरेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई पकहामैनपुर गाउँपालिका–५ पोखरिया टोलिले बुद्धिराम महतो र राज कुमाल माउते र सफरोज आलमलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

पक्राउ परेका हात्ती र मानिसहरुलाई आवश्यक कारबाहीका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यलयको जिम्मा लगाईएको छ । उनिहरुलाइ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी