चैत्र १२ काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना सांसद एवं प्रमुख सचेतक प्रमोद साहलाई भएको सांघातिक आक्रमण नेकपा एमालेले गरेको आरोप लगाएको छ । जसपाले विज्ञप्ति नै निकालेर यो आरोप लगाउदै यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार पनि एमाले हुने चेतावनी दिएको छ ।
घटनामा संलग्न दोषीमाथि कडा कार्बाही गर्न जसपाले माग गरेको छ ।
आज बिहान बाटोको विषयमा विवाद हुँदा झडप हुने क्रममा सांसद यादवमाथि सांघातिक आक्रमण गरिएको थियो । उनको सुरक्षा गार्डको पेस्तोल समेत आक्रमणकारी समुहले खोसेको थियो । शाहलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौँ ल्याईएको छ । शाह सर्लाही क्षेत्र नं १ का सांसद हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline