बारामा एक महिलामाथि एसिड प्रहार

बारामा एक महिलामाथि एसिड प्रहार

  • शनिबार, चैत्र १२, २०७८
  • दिपक चौरसिया

  • 7.7K
    SHARES

बारा १२ चैत । बारामा एक जना महिला माथी एसिड प्रहार भएको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं। २३ कोइरिया टोल नजिकै करीब राती को ८ बजे तिर उनीमाथि एसिड प्रहार भएको हो ।

बारा जिल्लाको कलैया वीरगन्ज सडकखण्ड अन्तर्गत पर्ने कोइरिया टोला नजिकै एसिड प्रहार हुँदा वीरगन्ज महानगपालिका वडा नं. ११ श्रीपुर बस्ने उमेश साहको श्रीमती २७ वर्षीय सीता पटेल घाइते भएकी हुन् ।

शुक्रबार बेलुकी करिब ८ बजेको समयमा माइती कलैया जाने क्रममा बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २३ कोइरिया टोल नजिकै उनीमाथि एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । एसिड प्रहारबाट उनको शरीर पोलेको छ । वीरगन्जबाट माइती घर कलैया जाने क्रममा जेठाजु रामबाबु साह र ससुरा हवारी साहले एसिड प्रहार गरेको उनले आरोप लगाएकी छन् ।

ना.६० प ७२७९ नं. को स्कुटी आएका उनीहरुले सीतामाथि एसिड प्रहार गरि भागेका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते महिलालाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रबक्ता राजेश थापले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ