चैत्र ११ काठमाण्डौँ । माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको दावी गरेका छन् ।
अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने आउजाउ गरेको दाबी गरे ।
अखिल नेपाल महिला संघ (समाजवादी) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली दक्षिणपन्थी भएकाले नै राप्रपासँग पनि तालमेलको प्रयासमा लागेको बताएका छन् ।
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावमा जाने अडान लिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आभार व्यक्त गरेका छन् ।
उनले आफूहरूको गठबन्धनलाई तोड्न केपी ओली लागिपरेका आरोपसमेत लगाउका छन्।
अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्नेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
पार्टी स्थापना भएको ६ महिनाको छोटो अवधिमा कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको नेपालको दावी छ ।