नेपालले फेरी युक्रेनकै पक्षमा उभियो , चीन र भारत अनुपस्थित

नेपालले फेरी युक्रेनकै पक्षमा उभियो , चीन र भारत अनुपस्थित

  • शुक्रबार, चैत्र ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

चैत्र ११ काठमाण्डौँ । छिमेकी चीन र भारत समेत तठस्त रहँदै आएको युक्रेन र रुसबीच जारी युद्धमा नेपालले आफूलाई फेरी युक्रेनको पक्षमा उभ्याएको छ । गएरातिच सम्पन्न मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो । बिहीबार राति राष्ट्रसंघको महासभामा युक्रेन लगायत मुलुकले तयार पारेको मानवीय सहायता सम्बन्धी प्रस्तावमा नेपालले पक्षमा भोट हालेको छ।

महासभाको ११ औं आपतकालीन विशेष सत्रमा युक्रेनमा मानवीय सहायतासम्बन्धी प्रस्ताव दुई तिहाइ बढी सदस्यहरूको मतबाट पारित भएको छ।

राष्ट्रसंघका १९३ सदस्यमध्ये प्रस्तावको पक्षमा १४० भोट आएको थियो भने विपक्षमा पाँच भोट परेको थियो।

विपक्षमा भोट हाल्नेमा रूस, सिरिया, उत्तर कोरिया, इरेट्रिया र बेलारूस थिए। नेपालका दुई छिमेकी भारत र चीनसहित ३८ मुलुक मतदानमा अनुपस्थित भएका थिए ।

यस अघिका मतदानहरुमा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ